
अहिले आएर देश नयाँ संविधानबाट राज्यको पुनर्स्थापनासहित नयाँ सुनौलो नेपाल निर्माणको काममा जुट्दै अगाडि बढको छ ।
नेपालमा रहेका पिछडिएका, सीमान्तकृत, लैङ्गिक तथा अल्पसङ्ख्यकहरूको अधिकार संविधानको धारा १२, १८ र ४२ ले नागरिकता लिने, वैवाहिक समानता र शिक्षा जस्ता विषयमा विभिन्न ठाँउहरुबाट आवाज उठिरहेको अवस्था छ ।
तै पनि यी समुदाय खुले आम बाहिर आउन नसकेका कारण ओझेलमा परि यिनीहरूका मुद्दामा राज्यको सहज ध्यानाकर्षण हुन सकिरहेको छैन ।
यसरी चासो भइरहेको अवस्थामा हामीहरूले उनीहरूकाबारेमा जान्नु अति आवश्यक छ । विसं २०६४ साल पुस ६ गते यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान, संरक्षण, आरक्षणसहित सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले यो समुदायले उठाएको आवाज पनि प्रमाणित भइसकेको छ ।
यस समुदायका मानिसहरू दिनदिनै पारिवारिक हिंसा, सामाजिक भेदभाव, लैङ्गिक पहिचानकै आधारमा जेलको सजाय, आधारभूत शिक्षा, रोजगारी र अवसरबाट वञ्चित एवं राज्यबाट ग्रसित छन् ।
यौन अभिमुखीकरण gender expression gender identity sex characterises तथा लैङ्गिक पहिचान अन्तर्गतका अल्पसङ्ख्यक महिला समलिङ्गी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी bi sexual and Intersex पर्ने गर्दछन् ।
हाम्रो देशमा सहज भाषामा वा गाली गलौच गर्ने हेतुले हिजडा पनि भन्ने गरेको पाइन्छ । यो समुदाय बढी मात्रामा तराई क्षेत्रमा रहेको पाइन्छ । यिनीहरूलाई diverse community प्रकारमा विभाजित गरेका छन् ।

LGBTIZ(lesbian, Gay, Bio- Sexual, Transgender, Intersexual & Queer) जसलाई महिला समलिङ्गी, पुरुष समलिङ्गी, दुवै लिङ्गी, तेस्रो लिङ्गी, अन्तर लिङ्गी र क्विअर भनेर चिनिने गरिन्छ ।
जो व्यक्ति जसले आफूलाई महिला र पुरुष भन्दा भिन्नै ठान्दछ उ शारीरिक रूपमा पुरुष वा महिला जे भएता पनि त्यसलाई तेश्रोलिङ्गि (Third Gender) भनिन्छ । जन्मने बेलामा बालक वा बालिका जे सुकै भए पनि उसको हुर्कने क्रममा लैङ्गिक पहिचान (Gender Identity) लैङ्गिक प्रस्तुति (Gender Expression) व्यक्तित्व अरू समुदायमा परम्परागत रूपमा महिला र पुरुष अपेक्षा गरिएको भन्दा पनि फरक हुन्छ ।
पङ्क्तिकारसँग कुराकानीका सन्दर्भमा ज्योति थापा र मेघना लामा आफूलाई तेस्रो लिङ्गी ठान्दछन् । जसले जन्मँदा एउटा पुरुष भई रहेता पनि हाल उनीहरूको स्वर परिवर्तन, हाउभाउ परिवर्तनले आफू तेस्रो लिङ्गी भई विपरीत लिङ्गीतर्फ आकर्षित हुने बताउँछन् ।
उनीहरू (मेटि) आफू पुरुष भए पनि उनीहरूको हाउभाउ महिलाको रूपमा देखापर्ने गर्दछ । तेस्रो लिङ्गी त्यस्तो व्यक्ति हो, जो आफ्नो शारीरिक वा जैविक लिङ्ग महिला वा पुरुष जे भए तापनि आफूलाई फरक अनुभूति अर्थात् महिला भए पुरुष र पुरुष भए महिला भएको अनुभूति साथै सम्पूर्ण बोलिचाली, व्यवहार र पहिरन परिवर्तन गर्न चाहन्छ ।
अन्तर लिङ्गी : (Inner Sex) यस्तो व्यक्ति जसको जन्मँदा यौनाङ्ग दुवै भएको (योनी र लिङ्ग) तर, दुवै सक्रिय नहुन पनि सक्छ । यदि अङ्ग भए पनि अस्पष्ट हुने हुन्छ । जुन व्यक्ति लाखौंमा एक जना मात्र जन्मने गर्दछन् ।
जैविक लिङ्ग व्यक्तिको यौन अङ्ग अनुसार छुटिन्छ (पुरुष लिङ्ग र स्त्री लिङ्ग) र अन्तर लिङ्ग हो । कुनै पनि व्यक्ति (महिला, पुरुष, तेस्रो लिङ्ग) हुने लैङ्गिक अनुभूति हो ।
जो महिला, पुरुष र तेस्रो लिङ्गी भएका व्यक्तिको हाउभाउ, व्यक्तित्व वा लैङ्गिक प्रस्तुति पनि सामाजिक लिङ्ग अनुसार फरक-फरक हुन्छ । हाम्रो देश नेपालमा विभिन्न भेगमा विभिन्न भाषामा तेस्रो लिङ्गीलाई नामकरण गर्ने गरिन्छ ।
सिङारु- तेस्रो लिङ्गीलाई पश्चिमातिर भन्ने गरिन्छ ।
मेटि- पूर्वी नेपाल तिरबाट आएको शब्द, जुन व्यक्तिहरु (जन्मँदा बालक र हुर्कंदा आफूलाई स्त्री स्वभाव पाउने) लाई भन्ने गरिन्छ जो आफूलाई महिला वा पुरुष दुवै ठान्दैनन् ।
फुलुफुलु- तेस्रोलिङ्गी व्यक्तिलाई हिमाली भेगमा भन्ने गरिन्छ ।
मौगिया वा कोथी- तेस्रोलिङ्गी व्यक्तिलाई तराईतिर भन्ने गरिन्छ ।
मारुनी- केटीको भेषमा नाच्ने पुरुष वा तेस्रोलिङ्गीलाई भनिन्छ ।
पङ्क्तिकारसँगै भएका जौमाया थापाले तेस्रोलिङ्गीलाई देख्दा वा कहिल्यै नदेखेका कारण उनीहरूसँग कुराकानी गर्न डराएको अनुभव भएको थियो । वास्तवमा तेस्रोलिङ्गीसँगको सामीप्ययता, बोलिचाली, आदरपन, सेवादायीले नजिकको सम्बन्धको पनि विकास गरायो । थुप्रै तेस्रोलिङ्गी, समलिङ्गीसँगको भेटमा आ-आफ्नो अनुभव सुनाउन पछि परेनन् ।
अक्सर मात्रामा मेघना लामा, ज्योति थापा सँग-सँगै हिंड्दा (जो केटा हो तर, केटीको पहिरन गर्दछन्) कतिले नजिस्काएका पनि होइनन् हामीलाई । मेघना लामा र ज्योति थापा भन्छन्- ‘हाम्रो पछि यी केटाहरू लाएर हैरान पारे तर, हामीलाई यिनीहरू दाजुभाइ जस्तो लाग्छ, केटाहरू हामीलाई केटी जस्तो ठानेर गिज्याउँछन् ।’
सरगम गुरुङ अर्का तेस्रोलिङ्गी हुन्, जसले बढी हेलमेल केटीहरूसँग भए पनि कहिल्यै शारीरिक आकर्षणको भावना नआएको बताए ।
मेघना लामा तथा चरी श्रेष्ठले भने, ‘सरकारले आजसम्म पनि हाम्रो लागि उचित रोजगार, आरक्षण, अवसर नदिएकाले विभिन्न ठाउँहरुमा यौन व्यवसाय वा विवाह समारोहहरूमा नाँच देखाई मनोरञ्जनको साधन भई हास्य पात्र भएको गुनासो पोखे ।
‘हाम्रो मर्म कसैले पनि नसुन्ने, रोजगार, शिक्षा, स्वास्थ्य जस्ता सेवाबाट वञ्चित भएकाले हामीलाई लुकाई हिंड्नु परेको, बाहिर निस्कँदा घृणा गर्ने, तिरस्कार गर्ने, हिजडा, छक्का जस्ता शब्द प्रयोग गर्ने गरेको ज्योति थापा बताउँछिन् ।
चरी श्रेष्ठ भन्दै थिइन्, ‘हामीलाई हिजडा, छक्का भनेर भन्दा कति पनि मन नपरेको र दु:ख लाग्दछ तर, हाम्रो मर्म बुझ्ने कसले ? ‘ तर, पनि तेस्रोलिङ्गी, समलिङ्गीलाई बढी मान्यता दिएर विसं २०५८ सालमा नील हिरा समाज गठन भएको हो ।
जसले रोजगार नपाएका, अपहेलितलाई रोजगार तथा अवसर एवं वकालतमा टेवा पुर्याउन मद्दत गरेको छ । अहिले देशमा तिनीहरूलाई सरकारले छुट्टै नागरिकता दिने व्यवस्था पनि गरेको छ ।
नेपालको सर्वोच्च अदालतले २०६४ सालको पुसमा पहिचानका आधारमा तेस्रो लिङ्गीलाई नागरिकता दिन भनेर आदेश दिई सकेको थियो।
‘हामीहरू नागरिकता माग्न जाँदा कर्मचारी नै अन्योलमा परेकाले पहिचानका लागि छुट्टै नागरिकता पाउन सफल भएको उनीहरू बताउँछन् ।
यौनिक लिङ्गले निर्धारण गर्न सक्दैनन् यौनिकता भनेको यौन सम्बन्धी सम्पूर्ण विचारलाई भन्ने गरिन्छ । यसले कुनै पनि शारीरिक तथा भावनात्मक आकर्षणको दिशा बोध गर्दछ र त्यो आकर्षण विपरीत लिङ्ग भएको व्यक्तिप्रति वा समान लिङ्ग भएको व्यक्तिप्रति वा सबैलिङ्गप्रति पनि हुन सक्छ, जसलाई वा यौनिकतालाई ३ चरणमा विभाजन गर्न सकिन्छ ।
विपरीत लिङ्ग- यस्तो व्यक्ति जो शारीरिक तथा भावनात्मक रुपले आफूभन्दा विपरीत लिङ्ग भएको व्यक्तिप्रति आकर्षित हुन्छ । आफू पुरुष भए पनि उसले महिलाको पहिरन अपनाएका कारण उसलाई महिलापन देखिन गई पुरुषप्रति नै आकर्षित हुन्छ ।
समलिङ्गी- यस्तो व्यक्ति जो शारीरिक तथा भावनात्मक रुपले आफू जस्तै समान लिङ्ग भएको व्यक्ति, व्यक्तितर्फ आकर्षित हुन्छ । अंग्रेजिमा (Homosexual) भनेता पनि पुरुष समलिङ्गीलाई ‘गे’ शब्द बढी प्रयोग गरिन्छ भने महिला समलिङ्गीलाई ‘लेस्वियन’ भन्ने गरिन्छ । जसमा पुरुष/पुरुषप्रति महिला/महिलाप्रति विवाह वा सम्बन्ध राख्ने गर्दछ ।
नविन राई (नाम परिवर्तन), दिनेश वझा (नाम परिवर्तन) ले कुराकानीका क्रममा उनीहरुले एकै साथ भने, ‘एक पुरुषले अर्को पुरुषलाई मन पराएर वैवाहिक जीवन बिताउन खोज्छ भने त्यसको दाम्पत्य जीवनमा कसैले पनि हस्तक्षेप गर्न मिल्दैन जस्तो कि अन्य विपरीत लिङ्गीहरुको दाम्पत्य जीवनको हुन्छ ।
दुवैलिङ्गी- यस्तो व्यक्ति जो शारीरिक तथा भावनात्मक रुपले महिला पुरुष दुवैसित आकर्षित हुन्छ । यसरी हेर्दा यस लेखमा उल्लेख गरिएका नामहरु (मेघना लामा, ज्योति थापा, चरी श्रेष्ठ, सरगम गुरुङ) नील हिरा समाजसँग सम्बन्धित छन् जसले LGBTIQ को खोज, वकालत, अवसर र सहयोग गर्ने काम गर्दछ ।
क्विअर- क्विअर भनेको एउटा यौनिक तथा लैंगिक अल्पसङ्ख्यकलाई समग्र रूपमा बुझाउने गर्दछ। मानिसले आफूलाई ट्रान्सजेन्डर, लेस्बियन, गे, बाइसेक्सुअल वा इन्टरसेक्स भनेर यकिन गर्न सक्दैनन् वा चाहँदैनन् । उनीहरू आफूलाई क्विअर भन्न रुचाउने गर्दछन्।
ब्लू डायमण्ड सोसाइटीका कार्यक्रम संयोजक सञ्जय शर्मा ‘यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायको समस्या राज्यले बुझ्न नसकेका कारण हाम्रो समुदाय अझै पनि खुलेर बाहिर आउन नसकेको बताउँदै राज्यले दिएको अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिन्छन्।
हामीले यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायहरुको यौन स्वास्थ्य, शिक्षा, मानव अधिकार तथा वकालतको क्षेत्रमा काम गर्दै आएको हुँदा नयाँ पाठ्यक्रममा यो विषय पनि समावेश गरे आउने सन्ततिलाई ज्ञान हासिल हुन सक्नेमा ढुक्क भएको शर्माले बताए।
समुदायमा यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायलाई समान अवसर, रोजगारी, इच्छा आकांक्षा, समावेशितामा सहज गरी विभिन्न कार्यक्रममा सहभागिता र समावेशी भूमिका निर्वाहका लागि यसमा हामी सबैले पहल गर्नु पर्दछ। हामीले समृद्ध नेपाल, सुखी नेपाली बनाउन यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्दा सँग-सँगै लैजान आवश्यक छ।
त्यसैले समृद्धि र सुखको आकांक्षा सम्बोधन हुने गरी नयाँ संविधानमा उल्लेख गरिएका अधिकारलाई महिला र पुरुषका अलावा लैङ्गिक पहिचान र यौनिक अभिमुखिकरणका आधारमा समेत भेदभाव नगरी न्यायिक व्यवस्था लागू गर्न मद्दत पुर्याऔं ।