काठमाडौं । सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ ।
महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ ।
यसअघि बुधबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा किनबेच भएको थियो।
बिहीबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४४५ रुपैयाँ पुगेको छ। यसअघि बुधबार चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।