काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
अघिल्लो दिन (शुक्रबार) को तुलनामा सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो । आइतबार एक लाख १० हजार २०० रहेको छापावाल सुनको मूल्य आज घटेर एक लाख ९ हजार ३०० कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य एक लाख ८ हजार ८०० रहेको छ ।
सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटना चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ४ सय ४५ रहेकोमा आज १ हजार ४ सय ४० रहेको छ ।
महासंघले दैनिक सुनचाँदीको मूल्य तोक्दै आइरहेको छ ।