नयाँदिल्ली । खालिस्तान समर्थक अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले आइतबार (बिहान) मोगाबाट पक्राउ गरेको छ ।
अमृतपाललाई मोगाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको पञ्जाव पुलिसले ट्विटरमार्फत जानकारी दिएको हो । अब अमृतपाललाई विमानबाट असमको डिब्रुगढ जेल लगिने छ जहाँ उनका आठ सहयोगी पहिले नै बन्द छन्। यी व्यक्तिहरु विरुद्ध राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
#AmritpalSingh arrested in Moga, Punjab.
Further details will be shared by #PunjabPolice
Urge citizens to maintain peace and harmony, Don't share any fake news, always verify and share.
— Punjab Police India (@PunjabPoliceInd) April 23, 2023
अमृतपाल ३६ दिनदेखि फरार थिए । अमृतपालले आफ्ना एक समर्थकको रिहाइका लागि फेब्रुअरी २३ मा पञ्जाबको अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए । घटनापछि प्रहरीले उनलाई खोजिरहेको थियो ।
यसअघि उनी नेपालमा पनि आएको आशंका गरिएको थियो ।
अमृतपाल सिंहकी पत्नी किरणदीप कौरलाई २० अप्रिलमा श्री गुरु रामदास अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको थियो। स्रोतका अनुसार उनी लन्डन भाग्न खोज्दै थिइन् । तर प्रहरीले उनलाई रोकेर सोधपुछ गरेको थियो ।
एयरपोर्ट स्रोतहरूका अनुसार अमृतपाल सिंहकी श्रीमती एयर इन्डियाको उडानमा बर्मिंघम जाँदै थिए, उनले अध्यागमन काउन्टरमा रिपोर्ट गरे। तर पछि उनलाई नियन्त्रणमा लिइयो ।
किरणदीप कौरले पछिल्लो एक महिनादेखि प्रहरीलाई बेवास्ता गरिरहेका अमृतपाल सिंहसँग विवाह गरेकी थिइन् ।