काँकडभिट्टा । भारतबाट लागुऔषध लिएर नेपाल आउँदै गरेको अवस्थामा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।
नेपाल भारत सीमा झापाको मेचीपुलमा भारतबाट नेपालतर्फ पैदलयात्रा गर्दै आइरहेका दुई युवाको साथबाट प्रहरीले लागुऔषध बरामद गरेको छ ।
बिहीबार बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका-८ बस्ने वर्ष २७ को अजय मेचे र सोही स्थानका बर्ष २८ को श्याम बहादुर दर्जी नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई शंका लागी चेकजाँच गर्दा अजय मेचेको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोईन २ ग्राम फेला परेकोले निजहरु दुबै नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भईरहेको झापा प्रहरी प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले बताए ।