काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार अघिल्लो दिनको तुलनामा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार दोस्रो दिन सुनको मूल्य घटेको जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख सात हजार ५०० रुपैयाँ कायम छ ।
हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० रुपैयाँ कायम थियो । आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ६०० रुपैयाँले घटेको थियो ।
यसैगरी, आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ ।