काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकी राजदूत डि आर. थम्पसनबीच भेटवार्ता भएको छ ।
राष्ट्रपतिको कार्यालय शितलनिवासमा आज उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटवार्तामा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता समिर आचार्यले बताए ।