काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले केटिएम दैनिकलाई बताए ।
जसपा सासंद सहनाज रहमानको फाल्गुन १३ गते शनिबार सूर्यविनायक नगरपालिका-३ घ्याम्पेडाँडामा पिकनिक मनाउने क्रममा हृदयघात भएको थियो ।
उपचारको मध्यपुर अस्पताल ठिमीमा लगिएकोमा अस्पतालका चिकित्सकले सांसद रहमानलाई सोही दिन मृत घोषित गरेका थिए ।
उनको निधनसँगै रिक्त रहेको पदमा जसपाले अन्सारीलाई सिफारिस गरेको हो । सिफारिस भएकी अन्सारी सप्तरी निवासी भएको बस्नेतले बताए ।