काठमाडौं । एमाले उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्बाङ संसदीय दलको उपनेतामा चयन भएका छन्। सोमबार एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले नेम्बाङलाई दलको उपनेता चयन गरेका हुन्।
अध्यक्ष ओलीद्वारा हस्ताक्षरित नियुक्तिपत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा तपाईंलाई नेकपा एमाले संघीय संसदीय दलको उपनेतामा मनोनयन गरेको छु। तद्नुरूप यस पदको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’
पूर्वसभाध्यक्षसमेत रहेका नेम्बाङ २५ फागुनको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका थिए।