काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै तनहुँ-१ मा उप निर्वाचन हुने भएको छ ।
नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पौडेलले राष्ट्रपति पदमा पराजित गरेका छन् । उनी राष्टपतिमा विजयी बनेसँगै गत मंसिर ५ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले जितेको तनहुँ क्षेत्र नम्बर १ रिक्त भएको छ । पौडेलले जितेको उक्त क्षेत्र खाली भएपछि उपनिर्वाचन गर्नुपर्ने हुन्छ।
गएको मंसिरमा भएको उक्त निर्वाचनमा पौडेलले २५ हजार ३१८ मत प्राप्त गरी विजयी बनेका थिए । उनले एमालेका एकबहादुर रानालाई करिब ६ हजार मतान्तरले पराजित गरेका थिए । रानाले १९ हजार ९४३ मत पाएका थिए ।
तनहुँ १ मा कांग्रेसले युवा नेता गोविन्द भट्टराईलाई उम्मेदवारको रुपमा अघि सार्ने बताइएको छ।