काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ चितवनमा बैशाख १० गते हुन गइरहेको निर्वाचनमा १८ वटा दल सहभागी हुने भएका छन् ।
गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा त्यहाँबाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त भएको उक्त स्थानमा उपनिर्वाचन हुन गइरहेको हो ।
निर्वाचन आयोग आउँदो बैशाख १० गते आइतबारको दिन चितवनमा २ मा उपनिर्वाचन गर्ने भएको हो ।
उक्त निर्वाचनमा सहभागी हुन १८ वटा राजनैतिक दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन् ।
यसरी दर्ता भएका दलहरूमा नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन ,राष्ट्रिय नागरिक पार्टी, नेपाली कांग्रेस ,राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) छन् ।
त्यस्तैगरी राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी, नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल, नेपाली काँग्रेस (बी.पी.), राष्ट्रिय प्रजातन्त्र पार्टी र जय जन्मभूमि पार्टी नेपाल रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।