एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले लैंगिक समानताका लागि काम गर्न आग्रह गरेका छन् ।
अहिले पनि लैंगिक विभेद रहेको उल्लेख गर्दै उनले महिला र पुरुषबीच समानता कायम गराउने क्षेत्रमा अझै धेरै काम गर्नुपर्नेमा जोड दिएका छन्। विश्वमा महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय एक आयोगको सत्रलाई सम्बोधन गर्दै गुटरेसले अहिले देखिएको महिला र पुरुषबीचमा असमानता कम गर्नका लागि विज्ञान र प्रविधिका क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताए।
‘अहिले पनि महिलाको पहुँच विज्ञान र प्रविधिका क्षेत्रमा कम देखिएकोले यस क्षेत्रमा उनीहरुको पनि समान पहुँच कायम गर्न सकेमा लैंगिक समानता कायम गर्न सहयोग पुग्नेछ । ’, उनले भने । आज मार्च ८ तारिख, अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइँदैछ । यसवर्षको दिवस महिलालाई पनि विज्ञान र प्रविधिका क्षेत्रमा समान पहुँच दिनुपर्ने नाराका साथ मनाइँदैछ ।