काठमाडौं । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई एक वर्ष प्रधानमन्त्री दिने विषयमा छलफल भएको छ ।
बालुवाटार स्रोतका अनुसार ‘माधव नेपालजीले आफ्नो योगदानको विषय बैठकमा राख्नुभयो। यसमा अन्य नेताहरू पनि सकारात्मक हुनुहुन्छ। उहाँलाई एक वर्ष सरकारको नेतृत्व दिने विषयमा छलफल भएको छ।’
शुक्रबार बिहान बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठकले राष्ट्रपति कांग्रेसबाट उठाउने अनौपचारिक सहमति गरेको हो।
साँझ ५ बजे बालुवाटारमा बस्ने चार दलको बैठकले यसबारे औपचारिक निर्णय गर्ने बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री गगनकुमार थापाले जानकारी दिए।