काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” लाई भेट्नको लागि बालुवाटार पुगका छन् ।
अध्यक्ष ओली बुधबार बिहान बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअगाडि प्रधानमन्त्री दाहाललाई भेट्नको लागि चिनियाँ राजदूत पुगेका थिए ।
राष्ट्रपतिको चुनाव नजिकिँदै जाँदा ओली र दाहालबीचको भेट बाक्लिँदै गएको छ । एमालेले आफ्नो पार्टीबाट राष्ट्रपति हुने बताइरहँदा माओवादी केन्द्र राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्ने बताइरहेको छ ।