काठमाडौं । चिनियाँ राजदुत चेन सोङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
राष्ट्रपतिको उम्मेदवारीका बारेमा खिचातानी भईरहेको बेला चिनियाँ राजदुत सोङ बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको छलफल जारी छ। यसअगाडि शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर राजदूत सोङले भेटवार्ता गरेका थिए ।
राष्ट्रपतिको विषयमा विभिन्न देशको समेत चासो रहेको बुझिएको छ ।
राष्ट्रपति निर्वाचन र सत्ता समीकरणबारे सत्ता साझेदार दल एमाले र माओवादीबीच सहमति जुट्न नसकिरहेका बेला चिनियाँ राजदूत बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।