काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन् ।
सल्लाहकारमा नियुक्त सापकोटा पूर्व सभामुख तथा माओवादी उपाध्यक्ष अग्नि सापकोटाका छोरा हुन् । प्रधानमन्त्री नियुक्त भएको दुई महिना पछि परराष्ट्र सल्लाहकारमा उनलाई नियुक्त गरिएको हो ।
परराष्ट्र सल्लाकार सल्लाहकार सापकोटाले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन् ।
साथै, त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषय समिति सदस्यका रूपमा पनि जिम्मेवारी निर्वाह गदै आएका छन् ।
सापकोटा २०१९, नोभेम्बर देखि सन् २०२१ अक्टोबरसम्म नेपाल सरकारको थिकटयांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप-कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
सापकोटाले सन् २०१८ मा चीनको बेइजिङ स्थित प्रसिद्ध विश्वविद्यालय, रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधि हासिल गरेका छन् ।
सापकोटा चिनियाँ भाषामा राम्रो दखल राख्दछन् ।