
सुनसरीको ईटहरी उप-महानगरपालिका-४ कोशी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको निधन भएको छ ।
निधन हुनेमा संखुवासभा आखिभुई घर भई हाल ईटहरी-२ हलगडा बस्दै आएका २७ बर्षीय सरोज कार्की रहेका छन् । आइतबार साँझ साढे ७ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को ३२ प ४६१३ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिदा घाईते भएका साईकल यात्री कार्कीको उपचारको क्रममा घोपा धरानमा मृत्यु भएको हो ।
घटनामा संग्लन ठक्कर दिने मोटरसाईकल चालक संखुवासभा धर्मदेविका ३० बर्षीय प्रेम शेर्पा तत्काल फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।