प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ ।
उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।
युवा संघ नेपालले बुधबार आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान कार्यक्रमलाई सकेर नेपाल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका हुन् ।
समानुपातिकमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको यस दलले प्रत्यक्षमा भने १० सिट जित्न सफल भएको छ ।