राष्ट्रिय प्रजातन्त्रत्र पार्टी (राप्रपा) संघ र प्देशसभा सरकारमा सहभागी हुने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघ र प्रदेश सरकारमा सहभागि हुने निर्णय गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
त्यस्तै बैठकले हाल संघमा कायम भएको समीकरणलाई नै निरन्तरता दिँदै प्रदेशमा पनि पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको जनाइएको छ । तर, सरकारमा सहभागी हुनका लागि पार्टीले न्यूनतम् साझा कार्यक्रम आउने बेलासम्म भने कुर्नेछ ।
यसभन्दा अघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफुनो पार्टी सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पार्टीले निर्णय गर्ने बताएका थिए ।
मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा प्रतिनिधिसभा तर्फ प्रत्यक्ष र समानुपातिक गरि १४ सिट राप्रपाले जितेको छ ।