प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले काठमाडौंको गोकर्णेश्वस्थित सुन्दरीजलमा सन्तनेता कृष्ण प्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका छन् ।
नेपाली कांग्रेसका अन्य नेताहरूसहित आज बिहान सुन्दरीजल पुगेका देउवाले शालिक अनावरण गरेका हुन् ।
मेलम्ची नदीको पानी काठमाडौं उपत्यकामा ल्याउने योजनाका परिकल्पनाकार पूर्वप्रधानमन्त्री एवम् सन्तनेता कृष्ण प्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरी, काठमाडौं ३ का नवनिर्वाचित सासंद सन्तोष चालिसे, कांग्रेस नेताहरू मोहन बहादुर बस्नेत रामहरी खतिवडा लगायतको उपस्थिती थियो ।
२०४१ ताका अध्ययन, २०५२ सालमै खानेपानी लिमिटेड स्थापना
२०४६ सालको राजनीतिक परिवर्तनपछि काँग्रेस नेता भट्टराईले प्राथमिकताको एक नम्बरमा परेको मेलम्चीलाई चुनावी नाराका रूपमा बहसमा ल्याइरहे । २०४८ सालको आम निर्वाचनमा किसुनजीले ‘मेलम्ची ल्याएर राजधानी पखाल्छु’ भन्ने नारा अघि सारे। धेरैले ठट्टाकै रूपमा लिए । २०५१ सालको मध्यावधि निर्वाचनमा पनि किसुनजीले मेलम्चीको पानीले राजधानी धुने नारा छाडेनन् ।
त्यो बेला मेलम्ची खोला राजधानी पुर्याउने विषय नै अपत्यारिलो थियो नै । धेरैले किसुनजीलाई हाँसोमा उडाए । भट्टराईले देखेको मेलम्ची सपना अहिले आएर साकार भएको छ। तर उनी यो भौतिक दुनियाँमा छैनन् । सम्झिनुपर्ने पात्र किसुनजी मात्रै होइनन् । सन् २००० बाट विधिवत् रूपमा मेलम्ची खानेपानी आयोजना सुरु भयो। काम सुरु हुन भने एक दशक लाग्यो ।
सरकारी लक्ष्य अनुसार १३ वर्षअघि नै सम्पन्न भइसक्नुपर्थ्यो। तर मेलम्ची पूरा हुन थप नौ वर्ष लाग्यो। किन भयो त ढिलाइ ? कारण एउटा मात्र छैन। विभिन्न माग राखेर अवरोध गर्ने स्थानीयदेखि दीर्घकालीन योजना बनाउन नसक्ने सरकारसम्म यसमा जिम्मेवार छन्।
२०६५ सालमा ५ वर्षभित्र काम सक्ने गरी चिनियाँ कम्पनी सीआरसीसीलाई ठेक्का दिइयो । २०६९ सालसम्म २७ किलोमिटरमध्ये ८ किलोमिटर मात्रै सुरुङ खनेपछि सरकारले ठेक्का तोड्यो । २०७० सालमा इटालियन कम्पनी सीएमसीलाई ठेक्का दिइयो । तीन वर्षको अवधिमा काम सक्ने भनिएको थियो । २०७३ मा काम सक्नुपर्ने भए पनि भूकम्प र नाकाबन्दीको बहाना बनाएर काममा फेरि ढिलाइ भयो । कम्पनी नै टाट पल्टिएपछि २०७५ माघमा सीएमसी निर्माण स्थल छोडेर हिँड्यो ।
२०७६ असोजपछि चिनियाँ कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम गरेको थियो ।
र यो पनि
प्रधानमन्त्रीको अर्को उद्घोष, तीन वर्षमा याङ्ग्री र लार्केको पानी !
किसुनजीको ‘काठमाडौँ पखाल्ने’ सपना, जसलाई धेरैले हाँसेर उडाउँथे