बहुचर्चित गायिका समिक्षा अधिकारीले तनाव कम गर्नको लागि जिम जोइन भएकी छन् । गायिका अधिकारीले सामाजिक सञ्जालमार्फत जिम जान थालेको जानकारी दिएकी हुन् ।
गायिका निकट स्रोतका अनुसार उनी बिहीबारदेखि काठमाडौंको बसुन्धरामा रहेको ‘बडी फ्यूजन फिटनेस सेन्टर’ मा जान थालेकी हुन् । उनलाई प्रशिक्षक रीजोन श्रेष्ठले ट्रेनिङ दिनेछन् ।
गायिका अधिकारी पछिल्लो समय धेरै नै मानसिक तनावमा रहेको उनी निकट स्रोत बताउँछ । केहीदिन अघि उनले मध्यरातमा एक स्टयाट्स लेखेकी थिइन् तर केही बेरमै सो स्टयाट्स डिलिट भयो । यसबाट पनि उनी कति मानसिक रुपमा विक्षिप्त बनेकी छिन् भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
सामाजिक सञ्जालमा आफ्नो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मानसपटलमा नकरात्मक प्रभाव परेको उनले बताउँदै आइरहेकी छन् ।