गायिका समिक्षा अधिकारीले आफ्नो नयाँ लुक्स सार्वजनिक गरेकी छन् । केहीदिनअघि उनले सामाजिक सञ्जालमार्फत कपाल कर्ली गरेको तस्बिरहरू सार्वजनिक गर्दै आफ्नो नयाँ लुक्स सार्वजनिक गरेकी हुन् ।
खासगरी युवतीहरु आफ्नो अनुहारका साथसाथै कपालाई पनि सुन्दर र आकर्षित बनाउनका लागी अलग अलग लुक दिन मन पराउँछन् । झनै सेलिब्रेटीहरू समयअनुसार लुक्समा परिवर्तन ल्याउँछन् । आफूलाई सधैं फरक र स्मार्ट देखाउन शरीरका विभिन्न भागमा ध्यान दिएझैं उनीहरू हेयर स्टाइल पनि उत्तिकै दिमाग खियाइरहेका हुन्छन् ।
कपालको हेरचाहका दृष्टिले हेर्ने हो भने धेरैजसो महिला कपाललाई आकर्षित बनाई सुन्दर देखिने चक्करमा जानी नजानी कर्ली मेशिनलाई प्रयोग गर्दा कुनै एक न एक गल्ती गरिरहेका हुन्छन् । यस्तो अवस्थामा उनीहरुलाई राम्रो लुक देखिनुको सट्टा कपालको समस्याबाट उल्झनुपर्ने हुन्छ।
त्यसैले कपालको स्याहार गर्न निम्न उपायहरु अपनाउनुहोस
– पार्लर गएर आफ्नो कपालको ट्रिटमेन्ट गराउँदा भने राम्रो हेयर स्टाइलिस्टकोमा जानुपर्छ । कपालको ट्रिटमेन्ट गराउनुपर्छ ।
– कपडा अनुसारको हेयर स्टाइल बनाउन सकिन्छ । पहिलो ड्रेस तयार गरेर हेयर स्टाइल ड्रेस अनुसार बनाउँदा राम्रो हुन्छ ।
– सामान्यतः हिजोआज धेरैले कपाल छोड्ने चलन छ । अफिस जाँदा कपाल छाड्दा अथवा माथि लगेर बाँध्दा छिटो र राम्रो हुन्छ ।
– आफूले चाहे अनुसार कपाल तन्काउने र कर्ली बनाउन सकिन्छ । कपाल तन्काउने मेसिन छैन भने राम्रोसँग कोरेर अलिकती बाँध्ने अरु छोड्ने गर्दा पनि राम्रो देखिन्छ ।
– साथै बर्फ बनाएर वा जुरो बनाए पनि आकर्षक देखिन सकिन्छ । कपाल कर्ली बनाउन र तन्काउने मेसिन छैन भने सिलबरको डाडु पन्यू अथवा बाँसको कप्टेरालाई तातो बनाएर कपाललाई तन्काउन कर्ली बनाउन सकिन्छ ।
– कपाल फुस्रो र कडा खालको छ भने अण्डाको पहेँलो भागलाई राम्रोसँग फिटेर कपालमा लगाउन सकिन्छ ।
– कपाललाई राम्रो र स्वस्थ राख्न प्रोटिनयुक्त खाना खानु पर्छ । यसका लागि फलफूल तथा हरियो तरकारी खाने गर्नुपर्छ ।
– पार्लरमा कपाल बनाउँदा कपाल अनुसार क्रिम लगाएर हल्का रुपका मसाज गर्नुपर्छ । कुन क्रिम लगाउने त्यो भने कपाल अनुसार फरक फरक पनि प्रयोग गर्न सकिन्छ ।
– स्याम्पू प्रयोग गर्दा सकेसम्म एउटै गर्नुपर्छ । फरक फरक स्याम्पू प्रयोग गर्नु हुँदैन ।
पहिले बलात्कार गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी किशोरी र उनका बुबाले समेत तनहुँ र नवलपुरमा अदालतमा बलात्कार नभएको भन्दै बयान फेरेपछि अदालतले पल शाहलाई नाबालिकामाथि बलात्कारको मुद्दामा नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।