
वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका नेपालीहरूले खुल्ला आकाश मुनी भाइटिका लगाएर तिहार मनाएका छन् ।
दिदी बहिनी हुनेले दिदीबहिनी कै हातबाट टिका लगाए भने नहुनेहरूले यही बनाएका दिदी बहिनीबाट टिका र आशीर्वाद ग्रहण गरेका हुन् । उनीहरूले दिदी बहिनी बाट टिका थापे सगुन खाए र कोसेली पनि लिए त्यस्तै गरेर दिदी बहिनीहरूले पनि सोही अनुरूप दाजु भाइको हात बाट टिका लगाए।
नेपालमा घरमा जस्तो सबै आफन्त नभए पनि दुबईमा बस्ने नेपालीले आफ्नो संस्कृति जगेर्ना गरी तिहार मानेका हुन्। प्रवासमा बस्ने धेरै नेपालीको मन चाडपर्वका बेला नेपालमै हुन्छ तर समय अनुसार बिदेसिने बाध्यता कारण यो वर्ष पनि तिहार विदेशमा नै मनाएका छन्।
जो जहाँ बसे पनि आफ्नो मौलिक संस्कृति जोगाउनु सबैको कर्तव्य रही आएको छ ।बिहीबार सार्वजनिक बिदा नपरे पनि युएई बासी नेपालीले समय मिलाएर तिहार मनाएका हुन् ।
सबै तस्बिर : सचिन्द्र श्रेष्ठ