नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाई भेटबार्ता गरेकी छन् ।
आफ्नो चार वर्षे कार्यकाल पुरा गरेर नेपालबाट फर्कने क्रममा रहेकी राजदूत यान्छीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज राष्ट्रपतिसँग शिष्टाचार बिदाई भेटवार्ता गरेकी हुन् ।
सो अवसारमा नेपाल र चीनबीच आपसि हित र चासोको विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनलाई इन्डोनेसियाको जकार्तामा रहेको क्षेत्रीय निकायमा चिनियाँ प्रतिनिधिको रूपमा नियुक्त गरिएको बताइएको छ ।
राजदूत होउ चिनियाँ राजदूतका रूपमा डिसेम्बर २०१८ मा काठमाडौं आइपुगेकी थिइन् ।