नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुगेका छन् । यसअघिका राजदूत र्याण्डी बेरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि राजदूत थम्प्सन नेपाल आइपुगेका हुन् ।
राजदूत थम्पसनले यसअघि मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रूपमा काम गरेका थिए। उनले रोमानियाको बुखारेस्टस्थित अमेरिकी दूतावासमा डेपुटी चीफ अफ मिसन, भारतको कोलकातामा अमेरिकी महावाणिज्य दूत र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभागको प्रमुखको रूपमा पनि काम गरिसकेका छन्।
उनी परिवारसहित केही दिन नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउने र त्यसपछि उनले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुहुने काठमाडौंस्थित स्थित अमेरिकी दूतावासले जनाएको छ ।