राष्ट्रपति विद्यादेवी भण्डारीले आज (आइतबार) तीन विधेयक प्रमाणिकरण गरेकी छिन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ आएका तीन विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् ।
बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेको जनाएका छन् ।