आठौं संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरिएको छ ।
मन्त्रिपरिषद्को सिफारिस अुनसार राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका ६८१ कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय आजबाट लागू हुने गरी माफीमिनाहा गरेकी हुन् ।
संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद मिनाहा गरिएको राष्ट्रपतिले जनाएको छ ।
त्यस्तै, २१ जनालाई सजाय माफी दिइएको छ । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार नेपालको संविधान २७६ र मुलुकी पौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको बैठकको सिपारिसअनुसार २१ जना व्यक्तिहरूलाई संविधान दिवसको अवसरमा माफी दिइएको छ ।