नेपालमा थप १५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार २९४ जनाको स्वाब परीक्षण गर्दा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ४४८ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १३३ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।