पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार पाँच पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ८६९ जनाको नमूना परीक्षण गर्दा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार एक हजार ५९५ जनाको पिसिआरबाट १३४ जना र एक हजार १७४ जनाको एण्टीजेन परीक्षणबा६ ७२ जनामा सङ्क्रमण देखिएको हो ।
यही अवधिमा ३९८ जना निको भएका छन् । २४ घण्टामा ९८ हजार ४४० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
अहिले देशका विभिन्न स्थानमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८९१ रहेको छ ।