नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेभन्दा नयाँ सङ्क्रमितको सङ्ख्या बढी देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९२१ जनाको परीक्षणमा २५७ जनामा सङ्क्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार एक हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा १४३ जना र दुई हजार ४६३ जनाको एन्टिजेन परीक्षण गर्दा ११४ जनामा सङ्क्रमण देखिएको हो ।
आज पुष्टि भएका सङ्क्रमितमध्ये काठमाडौंका ५३ जना र चितवनका १६ जनाबाहेक अन्य जिल्लामा एक अंक (९ वा सो भन्दा कम) मात्र छन् । योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या तीन हजार १४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २३२ जना सङ्क्रमणमुक्त भएका छन् ।