स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । ३ हजार ८३३ जनाको परीक्षणमा २०२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा १६४ जना र १ हजार ७६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण देखिएको हो । योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ३ हजार ३१३ पुगेको छ । जसमध्ये ३ हजार १५१ जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् ।
पछिल्लो २४ घण्टामा ४६२ जना सङ्क्रमणमुक्त भएका छन् ।