
पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका अनुसार ५ हजार ३५१ जनामा परीक्षण गर्दा ९३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
२ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अुनसार २४ घण्टाको अवधिमा एक जनाको मृत्यु भएको छ ।
सोमबार थप कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६८६ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ४७० जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल ५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ४७ जना आईसीयूमा छन् ।