झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ ।
आज बिहान पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
दिन पुगेर बच्चा जन्माएर त्यहाँ फालिएको अवस्थामा प्रहरीले मृत शिशुलाई फेला पारेको हो । शुक्रवार बिहान खोलामा बच्चा रहेको जानकारी आएपछि प्रहरी खटिएको थियो ।
अवैध रूपमा गर्भधारण गरेकी महिलाले जन्माएर शिशुलाई त्यहाँ फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।
नोट: यस समाचारमा प्रयोग गरिएको तस्विर चैत १७, २०७८ मा काठमाडौंको सेतोपुल नजिकैको फोहोरमा सालनालसहित मृत शिशु फेला परेको हो । यसबारेको समाचार यस लिंकबाट हेर्न सकिन्छ ।