अमेरिकी राष्ट्रपति जो बाइडेन फेरि एकपटक कोरोना सङ्क्रमित भेटिएका छन् । यसको पुष्टि गर्दै ह्वाइट हाउसका चिकित्सक डा केभिन ओकोनरले राष्ट्रपति जो बाइडेनको स्वस्थ्य अवस्था स्थितर रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘यो रिबाउन्डको मामला हो, जसमा राष्ट्रपतिले कुनै लक्षण देखाएका छैनन्।’ कोरोना पुष्टि भएसँगै उनको आगामी कार्यक्रमहरु रद्द भएका छन् ।
ह्वाइट हाउसका चिकित्सक केभिन ओकोनरको आधिकारिक बयानका अनुसार फेरि एकपटक अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आइसोलेसनमा बस्नुपर्नेछ ।
यस पटक बाइडेनलाई कम्तिमा पाँच दिन आइसोलेसनमा राखिने उनले बताए। यसै साता बुधबार उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।