कोरोना भाइरसको सङक्रमण आज पाँच सय ६४ मा देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चार हजार चार सय ५४ परीक्षणमध्ये आज पाँच सय ६४ मा सङ्क्रमण देखिएको बताए ।
उनका अनुसार काठमाडौँ उपत्यकाको ललितपुरमा ४१, भक्तपुरमा १७ र काठमाडौँ २१८ जनामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ९२९ रहेको छ । विगत २४ घण्टामा २०२ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।
यस्तै सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म होम आइसोलेसनमा तीन हजार ७९४, संस्थागत आइसोलेसनमा १३५, सघन उपचार कक्ष (आइसियु)मा ३२ र भेन्टिलेटरमा दुईजनाको उपचार भइरहेको छ ।
यसैगरी विगत २४ घण्टामा एक लाख एक हजार छ सयले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।