पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्।
३ हजार ५६९ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो अवधिमा ५६ जना संक्रमणमुक्त भएका छन्।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ५३७ पुगेको मन्त्रालयले जनाएको छ।