नेपाली बजारमा आज सुन-चाँदीको मूल्य बढेको छ।
मंगलबार सुन प्रतितोला २०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार कायम गरिएको छ।
यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा पुगेको छ।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।