साताको पाँचौ दिन आज (बिहीबार) पनि सुन चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा समान्य रुपमा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो (बुधबार) सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँ र चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुनको भाउ प्रतितोला ९४ हजार १ सय रुपैयाँ रहेको छ ।
आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो ।