नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छिमेकी मुलुक भारतको भ्रमणमा जाने भएका छन् । प्रचण्ड भोलि तीन दिने भारत भ्रमणमा जादैछन् ।
हिजो मात्र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ स्वदेश फर्किएपछि प्रचण्डले भारत भ्रमणको तयारी थालेका हुन् । प्रचण्ड भोलि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने छन् । उनी साउन १ गते आइतबार स्वदेश फर्कनेछन् ।
सचिवालयका अनुसार उनी भोलि दिउँसो १ बजे भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भारत भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय भेटवार्ता गर्ने भनिए पनि त्यसबारे केही जानकारी सार्वजनिक गरिएको छैन ।
भारतीय जनता पार्टी(भाजपा) अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड भारत जान लागेको बताइएको छ ।