बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ०६ पैसा र बिक्री दर १२७ रुपैयाँ ६६ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ पैसा र २३ बिक्री दर १२७ रुपैयाँ ८३ पैसा रहेको छ। युरो घटेर डलर बढ्दा बुधबार युरो र डलर समान अंकमा पुगेका हुन् ।
बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ४७ पैसा र बिक्री दर १५१ रुपैयाँ १८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६३ पैसा र बिक्री दर ३४ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।