सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ ८५ पैसा र बिक्री दर १२९ रुपैयाँ ४६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ १८ पैसा र बिक्री दर १५२ रुपैयाँ ९० पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४४ पैसा र बिक्री दर ३४ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।