नेपालका लागि नव-नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् ।
यसअघिका राजदूत विनयमोहन क्वात्रा चैतको तेस्रो साता भारतको नयाँ विदेश सचिवमा नियुक्त भएपछि समयअवधि नसकिँदै उनी भारत गएका थिए ।
रिक्त रहेको राजदूत पदमा भारतीय विदेश मन्त्रालयले जेठ पहिलो साता नवीन श्रीवास्तवलाई नियुक्त गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको एक दिनपछि विदेश मन्त्रालयले श्रीवास्तवको नियुक्तिको घोषणा गरिएको थियो। तीनै श्रीवास्तव आज काठमाडौं आइपुगेका हुन् ।
यसअघि उनी नयाँ दिल्लीमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए ।
श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन् । साथै उनले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेका छन् ।
उनले अब राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् ।