पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ पीसीआर परीक्षणमा २३ जना र ८६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यका बाहिरका हुन् । योसँगै देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १८८ पुगेको छ । जसमध्ये १८१ जना होम आइसोलेसनमा र ७ जना अस्पतालमा छन् ।
अस्पतालमा भएमाभध्ये ४ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या १६ रहेको छ ।