स्थानीय बजारमा सुनचाँदीको मूल्यमा अघिल्लो दिनको तुलनामा आज घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलको सुनको मूल्य प्रतितोला ९८ हजार कायम भएको छ । सोमबारको तुलनामा यो मूल्य तोलामा २०० रुपैयाँले कम हो ।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । मंगलावर चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको हो । आज चाँदीको मूल्य प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।