सरकारले २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ ।
आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसले कम विद्युत खपत गर्ने सर्वसाधारणलाई राहत पुग्ने सरकारको विश्वास छ ।
अहिलेसम्म यी उपभोक्ताहरुले इनर्जी चार्ज २० रुपैयाँ र प्रतियुनिट ३ रुपैयाँका दरले महशुल बुझाँउदै आएका थिए।