सरकारले बजेटमार्फत कृषकलाई पेन्सन दिने योजना ल्याएको छ ।
कृषि क्षेत्रको विकासका लागि सरकारले विभिन्न योजना अघि सारेको छ। योगदानमा आधारित कृषि पेन्सनको व्यवस्था गरिने भएको छ। किसान पेन्सन कोष स्थापनका लागि सरकारले एक अर्ब रुपैयाँ विनियोजन गरेको छ।
कृषकलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने पनि अर्थमन्त्रीले जनाएका छन्। कृषि कर्जाका लागि ५ खर्बको कोष बनाइने भएको छ।