उदयपुरको बेलका नगरपालिका ४ मा वडा अध्यक्ष ३ मतको अन्तरले विजयी भएका छन् ।
नेपाली काग्रेसबाट उम्मेदवारी दिएका तीर्थराज अधिकारीले ३ मतको झिनो अन्तरले प्रतिस्पर्धी एमालेका कोपिलाप्रसाद अधिकारीलाई पराजित गरेका छन् ।
विजेता तिर्थराज अधिकारीले ५०६ मत प्राप्त गर्दा एमालेका कोपिला प्रसाद अधिकारीले ५०३ मत प्राप्त गरेका थिए ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीका जीतबहादुर मगरले ४०८ मत, नेकपा माओवादी केन्द्रका बिदुर दाहालले ३२७ मत, राष्ट्रिय प्रजातन्त्र पाटीका एकलब्य गुरुङले २०३ मत, किराँत खम्बुवान साझा पाटीले १० मत प्राप्त गरे ।
जेब्रा चुनाव चिह्नबाट चुनाव लडेका स्वतन्त्र उम्मेदवार धन बहादुर विष्टले एक मत पनि पाएनन् । उनी आफैले हालेको मत पनि बदर भएको हो भने परिवारका सदस्यले पनि विष्टलाई मत दिएनन् ।