जुम्लामा नेपाली कांग्रेसबाट बागी उठेका उम्मेदवारले कांग्रेसकै उम्मेदवारलाई पराजित गर्दै नगरपालिका प्रमुखमा विजयी भएका छन् ।
जिल्लाको चन्दननाथ नगपालिकामा कांग्रेसका बागीले कांग्रेसलाई नै हराएर मेयर पदमा विजयी भएका हुन् ।
पार्टीले टिकट नदिएपछि बागी उम्मेदवार दिएका कांग्रेसकै राजुसिंह कठायतले कांग्रेसका आधिकारिक उम्मेदवार पदम बहादुर शाहीलाई लाई पराजित गरेका हुन् ।
कठायतको चुनाव चिह्न ‘पानीको धारा’ ले २४०३ मत ल्याउँदा पराजित कांग्रेसका आधिकारिक उम्मेदवार पदमबहादुर शाहीले २३४१ मत ल्याएका हुन् । शाही ६२ मतले पराजित भएका हुन् ।
मेयरमा विजयी हुने कठायत पूर्वमन्त्री अदनसिंह कठायतका छोरासमेत हुन् । अदनसिंह पञ्चायतकालमा मन्त्री बनेका थिए ।
कांग्रेसका आधिकारिक उम्मेदवार मेयरमा नजिते पनि उपमेयरमा कांग्रेसकी रामदेवी खड्का विजयी भइन् ।उनले २८०८ मत पाएर निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादीका भिम बहादुर थापाले १६८६ मत पाए ।