नेकपा माओवादीले २०५२ साल फागुन १ गते जनयुद्ध थालेपछि राज्य पक्षबाट मारिएर पहिलो शहीद घोषित दिलबहादुर रम्तेलकी आमा स्थानीय निर्वाचनमा पराजित भएकी छन्।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका-८ मा दलित महिला वडा सदस्यकी उम्मेदवार सरिमाया रम्तेल पराजित भएकी हुन्।
उनलाई माओवादीको तर्फबाट महिला वडा सदस्यमा उठाइएको थियो।