नाबालिग जबरजस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पल शाहले जिल्ला अदालत तनहुँ र नवलपरासीको आदेशविरुद्ध उच्च अदालत पोखरामा दर्ता गराएको रिटको बिहीबार सुनुवाइ हुँदै छ।
न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको इजलासमा शाहको मुद्दा पेसी तोकिएको छ। उनको मुद्दा दोस्रो नम्बरमा पेसी रहेको छ। जिल्ला र उच्चले थुनामा पठाएपछि त्यसलाई चुनौती दिँदै शाहले उच्च अदालत पोखरामा चैत १८ र वैशाख १३ गत दुई वटा निवेदन दिएका थिए। उक्त निवेदनमा सुनुवाइ गर्दै वैशाख १५ गते उच्च अदालत पोखराले शाहको बलात्कार मुद्दाका २ वटै निवेदन एकसाथ पेस गर्न आदेश जारी गरेको थियो।
उच्च अदालतले तनहुँ र नवलपुर जिल्ला अदालतका आदेशविरुद्ध परेका छुट्टा–छुट्टै निवेदन एकसाथ पेस गर्न भनेको थियो। जिल्लाबाट प्रतिवेदनसमेत पेस भएको र एकैसाथ निवेदन पेस भएर सुनुवाइ हुन लागेकाले जिल्लाको आदेशको न्यायिक परीक्षण हुने जनाइएको छ।